गोल रहित मर्सिसाइड डर्बी

प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ । २३६ औँ मर्सिसाइड डर्बीमा एभरटनले लिभरपुललाई घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको हो ।

एभरटनको घरेलु मैदान गुडिसन पार्कमा भएको पछिल्लो ८ मर्सिसाइड डर्बीमा यो सातौं बराबरी हो ।

कोरोना भाइरस महामारीपछि लिभरपुलले लिगमा पहिलो खेल खेलेको हो । एभरटनसँग बराबरी खेलेपछि लिभरपुलले उपाधि जित्न अझै दुई खेल कुर्नुपर्नेछ अर्थात ४ अंक आवश्यक छ ।

बराबरीपछि ३० खेलबाट ८३ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २३ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको सिटीको ६० अंक छ । लिभरपुलले अर्को खेल क्रिस्टल प्यालेससँग खेल्दैछ । त्यसपछि लिभरपुलले सिटीसँग घरेलु मैदानमा खेल्दैछ ।

एभरटन ३८ अंकसहित १२औं स्थानमा छ ।

लिगकै अर्को खेलमा चेल्सीले एस्टनभिल्ला विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

४३औं मिनेटमा कोर्टेन होउसले गोल गर्दै घरेलु टोली एस्टनभिल्लालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा अग्रता जोगाउन सकेन । चेल्सीका लागि क्रिस्टियन पुलिसिकले ६०औं मिनेटमा बराबरी गोल फर्काए भने ६२औं मिनेटमा ओलिभर जिरुडले विजयी गोल गरे ।

यह भी पढ़ें  थलापति विजय बने तमिलनाडु के मुख्यमंत्री! शपथ लेते ही 200 यूनिट मुफ्त बिजली और महिलाओं की सुरक्षा बल की फाइल पर साइन

जितपछि ३० खेलबाट ५१ अंक जोडेको चेल्सीले तेस्रो स्थानको लेस्टरसँग अंकदूरी ३ मा झारेको छ भने पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडसँग ५ अंकको अग्रता बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *