आइतबार फेरी बढ्यो सुनको मूल्य, ९० हजार माथि पुग्यो मूल्य !!

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा सात सय रुपैयाले बढेको छ ।

छापावाला सुन आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेर कारोबार भइरहेको हो । आज तेजावी सुन प्रतितोला ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यह भी पढ़ें  ऊटी से पीयूष गोयल का बड़ा हमला: ‘महिला-विरोधी, OBC-विरोधी’—INDI गठबंधन पर साधा निशाना, स्टालिन परिवार पर भी गंभीर आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *