कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

१७ असार, कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो ।

कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण हुनेछ ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

यह भी पढ़ें  LPG Crisis in India: रसोई से लेकर कारोबार तक हाहाकार; रिलायंस-बीपी पर अरबों का दावा और देशव्यापी किल्लत ने बढ़ाई मुसीबत

Leave a Reply

Your email address will not be published. Required fields are marked *